वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेटमा नवलपुरको विजयी शुरुवात

पाेखरा | कात्तिक २४, २०७९

वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेटमा नवलपुरको विजयी शुरुवात

पोखराः   पोखरामा वाईवाई यु-१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।

 

टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस भुषाल, अपराजित पौडेल र सगुन सापकोटाले समान २ विकेट लिए ।

 

जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको कास्की जितको नजिकै पुगेपनि जित निकाल्न सकेन । कास्कीले पुरा ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८५ रन मात्रै बनाउन सक्यो । कास्कीका अर्जुन कुमालले ८८ रनको महत्वपूर्ण पारी खेले । शोहिल कुँवरले २९ रन बनाएका थिए । नवलपुरका बलरहरु रोहित चन्दले ३ तथा नितेश गिरी र मनिष गैह्रेले समान २ विकेट लिए ।

 

यसअघि प्रादेशिक खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले ब्याटिङ तथा प्याप्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले यो प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट क्रिकेट टिम बन्ने विश्वास व्यक्त गरे । साथै टिमले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीको शान उँचो पार्न पनि उनले शुभ–कामना प्रदान गरे ।

 

प्याप्सन अध्यक्ष पौडेलले विद्यालय खेलकुद विकासको जग भएको बताउँदै विद्यायलहरुले पनि खेलकुदका कार्यक्रममा ध्यान दिन आवश्यक रहेको औल्याए । आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले राष्ट्रिय टिममा आफ्नों स्थान बनाउने खुड्किलो यहि प्रतियोगिता भएकाले खेलाडीहरुले अनुशासित पूर्वक आफ्नाें खेल कौशल देखाउन आग्रह गरे । राष्ट्रिय क्रिकेट एम्पायर भोजराज बरालले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रदेश क्रिकेट संघका सदस्य अर्जुन थापा, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतको उपस्थिती रहेको थियो ।

काठमाडौं:  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का निरुता नेपालीका दुई छोरा र एक छोरीले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार निरुताकी दुई छोरा सुजन नेपा...

थप पढ्नुहोस्